आर्सनलको शिर्ष चारमा उक्लिने सम्भावना बलियो


काठमाडौ २५ वैशाख ।
इङ्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै आर्सनलले शीर्ष चारमा उक्लिने सम्भावना जिवित राखेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि ग्रानिट झाका र ड्यानी वेल्बेकले एक एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा लिभरपुल र साउथ ह्याम्पटन गोलरहित बराबरीमा रोकेका छन् । खेलमा लिभरपुलले पेनाल्टी हान्ने अवसर पाएपनि जेम्स मिल्नरको प्रहारलाई साउथ ह्याम्पटनका गोलकिपर फ्रेजर फोष्टरले विफल पारिदिए ।

गएरातिका खेलहरुपछि ३४ खेलबाट ८१ अंक जोडेको चेल्सी अंक तालिकाको शिर्ष स्थानमा छ । एक खेल बढी खेलेको टोटनह्याम हट्सपर ७७ अंकसहित दोस्रो स्थानमा छ भने २ खेल बढी खेलेको लिभरपुल ७० अंकका साथ तेस्रो स्थानमा छ ।

चौथो स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने ६५ अंकका साथ म्यानचेस्टर युनाईटेड पाँचौ स्थानमा छ । एक खेल कम खेलेको आर्सनल भने ६३ अंकको साथ छैटौं स्थानमा रहेको छ ।

प्रिमियर लिग फुटबलमा आज राती चेल्सीले मिडिल्सब्रोसँग खेल्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार