आजदेखि मुग्लिन–नारायणगढ सडक चौविसै घण्टा खुल्ला


चितवन, २५ वैशाख ।
मुग्लिन–नारायणगढ सडक आज देखि आगामी जेठ तीन गते सम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ ।

स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै मतदातालाई आवत जवात गर्न सहज होस् भन्ने उदेश्यले यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

दैनिक ६ हजार भन्दा बढी सवारी साधन आवागमन गर्ने मुग्लिन देखि नारायणगढ सडकखण्ड चौबिसै घण्टा सञ्चालन हुँदा राजधानीबाट बिभिन्न स्थान पुग्ने यात्रुलाई सहज हुनेछ ।

यसअघि उक्त सडकखण्ड दैनिक बिहान १० बजेदेखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको थियो । आगामी पुस सम्ममा काम सम्पन्न गर्नुपर्ने भएपनि सडक निर्माण अहिलेसम्म ४७ प्रतिशत मात्र काम पूरा भएको छ ।

सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले काम भइरहेको छ । विभिन्न ६ वटा निर्माण कम्पनीले तीन खण्ड छुट्याएर काम गरिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार