निर्वाचन तयारी अन्तिम चरणमा


काठमाडौ २५ वैशाख ।
आगामी वैशाख ३१ मा हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि सबै तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री जिल्ला पठाइसकेको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी समेत खटिसकेका छन् ।

आगामी बुधबार सम्ममा सबै केन्द्रमा निर्वाचन अधिकृत सहित मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

बिहीबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने आयोगको तयारी छ । बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने प्रवत्ता शर्माले बताउनु भयो ।

मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार