मन्त्रीपरिषदको नियमित बैठक आज बस्दै


काठमाडौ २५ वैशाख ।
मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपरान्न ३ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा बोलाइएको छ ।

आजको बैठकमा विभिन्न मन्त्रालयगत कार्यसमिक्षा तथा आसन्न स्थानीय तह निर्वाचन तयारीका साथै समसमायिक विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा खासगरी निर्वाचन सुरक्षा र विभिन्न मन्त्रालयगत एजेन्डाका विषयमा छलफल हुने उद्योगमन्त्री नविन्द्रराज जोशीले जानकारी दिनुभयो ।

पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा शान्तिपूर्ण तवरले निर्वाचन गर्न सुरक्षा रणनिति तथा अन्य तयारीबारे छलफल हुने मन्त्री जोशीले बताउनु भयो ।

यसमा तपाइको मत

अन्य समाचार