आज राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइदै


काठमाडौ २४ वैशाख ।
आज राष्ट्रिय पत्रकारिता दिवस, ‘पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइदैछ ।

दिवसको अवसरमा सूचना तथा सञ्चार मन्त्रालयले आज बिहान राजधानीको भृकुटी मण्डपबाट भूगोल पार्कसम्म प्रभातफेरि निकालेको छ ।

भूगोलपार्कमा अहिले रक्तदान कार्यक्रम भइरहेको जनाइएको छ । यस्तै दिवसका अवसरमा गोरखापत्र संस्थान र सूचना तथा सन्चार मन्त्रालयले आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

सरकारले गोरखापत्र दैनिक स्थापना भएको दिन अर्थात वैशाख २४ गतेलाई गत वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन सुरु गरेको हो ।

विसं १९५८ साल वैशाख २४ गतेदेखि गोरखापत्रले साप्ताहिक प्रकाशन सुरु गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार