संघिय गठबन्धनको बैठक आज बस्दै


काठमाडौ २४ वैशाख ।
मधेशकेद्र्रित दल आवद्ध संघिय गठबन्धनको बैठक आज बस्दैछ । गठबन्धनको नयाँ संयोजकमा राजेन्द्र महत्तोलाई चुनिएपछि पहिलो पटक बस्न लागेको बैठकमा मधेश केन्द्रित दलको जारी आन्दोनका बारेमा छलफल हुने जनाइएको छ ।

बिजुलीबजारस्थित तत्कालिन तमलोपाको कार्यलयमा दिउँसो २ बजेपछि बस्ने बैठकमा राजपा लगायत अन्य मधेश केन्द्रित दलहरुको सहभागिता रहने नेता मनिष कुमार सुमनले जानकारी दिनुभयो ।

संविधान संशोधन सहितका आफूहरुको सम्बोधन नभएको भन्दै राजपा लगायतका गठबन्धन आवद्ध दलले आगामी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ ।

यद्यपी उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम निर्वाचनमा सहभागी हुने भएपछि यादवलाई गठबन्धनको संयोजकबाट हटाइएको हो । सो पार्टीलाई पनि गठबन्धनबाट हटाइएको सुमानले बताउनु भयो ।

यसमा तपाइको मत

अन्य समाचार