संसद बैठक सुचना टाँस गरी स्थगित गर्ने तयारी


 काठमाडौ २४ वैशाख ।
प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध दर्ता महाअभियोग प्रस्तावलाई लिएर दलहरुबीच विवाद भएपछि आजको संसद बैठक पनि सुचना टाँस गरी स्थगित गर्ने तयारी भएको छ ।

कार्की विरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने नबढाउने विषयमा अन्योलता देखिएपछि सभामुख ओनसरी घर्तीले आजको संसद बैठक सुचना टाँस गरी स्थगित गर्ने तयारी गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

यसअघि गत शुक्रबार महाअभियोग प्रस्तावमाथि छलफलका लागि भन्दै बैठक बोलाइएकोमा प्रमुख प्रतिपक्षी एमाले सहितका दलले अवरोध गरेपछि स्थगित गरिएको संसद बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

सर्बोच्च अदालतको महाअभियोग प्रस्ताव अघि नबढाउन अन्तरिम आदेश दिएपछि महाअभियोग प्रस्ताव अघि बढाउने नबढाउने बारे संसद अन्योलमा परेको छ ।

सर्बोच्चको आदेशका कारण कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन नमिल्ने भएपछि दलहरुबीच आवश्यक छलफलका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार