दल दर्ताको निर्णय गर्न राजपाको बैठक बस्दै


काठमाण्डौ ,१६ बैशाख ।
तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध ६ दलको एकिकरणपछि बनेको राष्ट्रिय जनता पार्टीको कार्यदल बैठक आज बस्दै छ ।

निर्वाचन आयोगमा दल दर्ता र केन्द्रिय समिति बैठकको तयारीका लागी आज कार्यदल बैठक बस्न लागेको राजपाका नेता मनिष कुमार सुमनले जानकारी दिनुभयो ।

थापागाँउ स्थित तत्कालिन सद्भावनाको पार्टी कार्यलयमा दिउसो १ बजे बस्ने बैठकमा निर्वाचन आयोगमा दल दर्ताको तयारी, एकिकृत पार्टीको आगामि राजनैतिक एजेण्डा र केन्द्रिय समिति बैठकको तयारी लगायतका बिषयमा छलफल हुने छ ।

स्थानिय तहको निर्वाचनमा जाने तयारी स्वरुप राजपाले दल दर्ता गर्न लागेको हो । त्यसका लागी राजपाले गत बुधबार निर्वाचन आयोग पुगेर दल दर्ता र चुनाव चिन्हको माग सहितको पत्र बुझाईसकेको छ ।

सरकारसँग भएको सहमती सँगै निर्वाचनमा जान लागेको भएपनि संबिधान संसोधनको बिषयलाई भने रष्ट्रिय जनता पार्टीले आफ्नो बटमलाई बनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार