एमालेले आज महानगर र नगरपालीकामा उमेद्वार टुङग्याउने


काठमाडौ ,१६ बैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उप महानगरपालीकामा उम्मेदवारको टुङगो लगाउदैछ ।

धुम्बाराहि स्थित पार्टी कार्यलयमा दिउसो १ बजे बस्ने स्थाई समिति बैठकले उम्मेद्धवारको नाम टुङगो लगाउने तयारी गरेको जनाइएको छ ।

निर्वाचन घोषणापत्रलाई हिजो अन्तिम रुप दिएको एमालेले आज उम्मेदवार छनोटबारे छलफल गरि नाम टुङग्याउने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

जिल्ला र प्रदेशबाट आएका नामलाई आधार मान्दै एमालेले स्थानिय तह निर्वाचनका लागी उमेदवार छनौट गर्ने ज्ञवालीले बताउनु भयो ।

आजको बैठकमा उमेदवार छनौटका बारेमा छलफल गरि भोली नाम सार्वजनिक गर्ने उहाँको भनाई छ । निर्वाचन घोषणापत्र र उमेदवारको नाम एकैपटक भोली सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार