उत्तर कोरियाद्धारा पुनः मिसाइल परिक्षण


एजेन्सी १६ वैशाख ।
राष्टसंघको प्रतिबन्धका बाबजुद पछिल्लो समय लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तरकोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

अमेरिकाले नाकाबन्दीमा थप कडाई गर्ने घोषणा गरेसँगै उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अन्तर्राष्टिय सन्चार माध्यमले जनाएका छन् ।

यद्यपी उत्तर कोरियाले परिक्षण गरेको मिसाइल केहीबेरमै नष्ट भएको दक्षिण कोरियाली सेनालाई उदृत गर्दै समाचार संस्था योनहापले जनाएको छ ।

दक्षिण कोरियाका सेना प्रमुखका अनुसार यो मिसाइल राजधानी प्योङयाङबाट उत्तरमा पर्ने प्योनगान प्रान्तबाट गरिएको खबरमा उल्लेख छ ।

मिसाइल परीक्षणका बारेमा बारेमा पूर्ण जानकारी भने प्राप्त नभएको बिबीसीले उल्लेख गरेको छ । उत्तर कोयरियाले पनि यस विषयमा हालसम्म कुनै जानकारी प्रतिक्रिया जनाएको छैन ।

अमेरिका लगायत पश्चिमा शक्ति राष्टका साथै राष्टसंघको चेतावनीका बाबजुद उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा पुनः तनाव बढ्ने सम्भावना बढ्दै गएको छ ।

यसमा तपाइको मत

अन्य समाचार