विशाल मोरियलको उपाधिका लागि आर्मी र संकटा भिड्ने


काठमाडौ १६ वैशाख ।
विरगन्जमा जारी टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधिका लागि आज विभायि टोली त्रिभूवन आर्मी र सिएमजी संकटा भिड्दैछन् ।

वीरगञ्जस्थित नारायणी रंगशालामा दिउँसो साँढे दुई बजेपछि हुने खेलमा दुवै टोली जीत हात पार्दै उपाधि आफ्नो कब्जामा पार्ने दाउका साथ मैदान उत्रदैछ ।

बलियो प्रतिद्धन्दी पुलिसलाई हराउँदै संकटाले फाईनलमा स्थान बनाएको हो भने आर्मीले सेमिफाइनलमा नव जनजागृती युवा क्लबलाई हराउदै संकटासँग उपाधि भेट पक्का गरेको हो ।

नयाँ सिजनको सुरुवातमा आर्मीलाई यसअघि भोगेको पराजयको बदला लिने अवसरमा रहँदा, संकटा भने पुरानै साख जोगाउने दाउमा हुनेछ ।

८ टोली सहभागि प्रतियोगिताको विजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले दुई लाख पँचास हजार नगद पुरस्कार हात पार्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार