विश्व ध्वस्त पार्न आफ्नो तीनवटा वम नै काफी छ ः उत्तर कोरिया


एजेन्सी वैशाख १२ ।
विश्व ध्वस्त पार्न आफ्नो तीनवटा बम नै पर्याप्त रहेको उत्तर कोरियाले दाबी गरेको छ । पश्चिमी मुलुकका लागि उत्तर कोरियाका अनौपचारिक दूत आलेजान्ड्रो काओ डि बोनोसले केवल तीनवटा उत्तर कोरियाली बमले विश्व ध्वस्त हुने दाबी गर्नु भएको हो ।

पछिल्लो समय उत्तर कोरियाको परमाणु कार्यक्रम र अन्तर्रा्ष्ट्रिय चेतावनीका बारेमा सोधिएको प्रश्नको जवाफमा उहाँले उत्तर कोरियालाई कसैले केही गर्न नसक्ने बताउनु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्पेनिश मुलका उहाँ उत्तर कोरियाको नागरिकता पाउने पहिलो पश्चिमी हुनुहुन्छ । उहाँले उत्तर कोरियामा मानवअधिकार हननको बारेमा लगाइएको आरोप निराधार रहेको समेत दाबी गर्नु भयो । उत्तर कोरियाको समाज शान्त र सुरक्षित रहेको उहाँको भनाइ रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार