आज विनाशकारी भुकम्प गएको २ वर्ष पुरा


काठमान्डौ बैशाख १२।
आज विनाशकारी भुकम्प गएको २ वर्ष पुरा भएको छ । गोरखाको वारपाक केन्द्र विन्दु बनाएर २०७२ साल बैशाख १२ गते गएको भुकम्पका कारण हजारौ मानिसले ज्यान गुमाएका थिए ।

आजकै दिन बैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलब ६ रेक्टर स्केलको भुकम्प गएको थियो । सो भुकम्प पछि ४ रेक्टर स्केल र त्यो भन्दा माथिका ४ सय ८० भन्दा बढी पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पका कारण ९ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो भने २२ हजार घाइते भएका थिए । अझै पनि पराकम्प जाने क्रम जारी नै रहेको छ । हिजो राति मात्र सिन्धपाल्चोकको बरम्चीलाई केन्द्र विन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको थियो ।

भूकम्प गएको दुई वर्ष बिते पनि त्यसले दिएका चोट र क्षतिको उचित सम्बोधन भने हुन सकेको छैन । भूकम्प पछि सरकारले पुनर्निर्माणलाई प्राथमिकतामा राखे पनि काम भने हुन सकेको छैन । तीनवटा सरकारले भूकम्पपछिको पुर्न्र्निमाणको कामलाई गति दिन सकेका छैनन् ।
अहिले पनि ९० प्रतिशत भूकम्प प्रभावितको बास टहरा वा पालमुनि नै रहेको छ । अहिलेसम्म पुनर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ । तर काम भने सोचे अनुसार हुन सकेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिक तथा स्वतन्त्र अधिकारको अभावमा काम सोचे अनुसार हुन नसकेको बताएको छ । भूकम्पका कारण सात लाख १७ हजार भन्दा धेरै प्रभावितको घर भत्किएको तथ्यांक छ । त्यसमध्ये झण्डै १० प्रतिशत निजी आवास मात्रै पुनर्निर्माण भएको छ ।

विश्वसम्पदा सूचिमा रहेकासहित महत्वपूर्ण पुरातात्विक सम्पदामा भूकम्पले ठूलै क्षति ग¥यो । तर सात सय ५० सम्पदानमा क्षति भएकोमा अहिलेसम्म ९० वटाको मात्रै पुनर्निर्माण भएको छ । भूकम्प गएको लामो समय बितिसक्दा समेत पूनर्निर्माणको कामले भने गति लिन सकेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार