फ्रान्समा राष्ट्रपतिय निर्वाचनमा म्याकरोन र पेनलाई अग्रता


एजेन्सी ११ वैशाख ।
फ्रान्समा सम्पन्न राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा मध्यपन्थी इम्यानुएल म्याकरोन र नेसनल फ्रन्टकी मारिन ल पेनलाई अग्रता मिलेको छ ।

म्याकरोन पहिलो नम्बरमा र पेन दोस्रो स्थानमा रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । पहिलो र दोस्रो स्थानमा रहेका म्याकरोन र पेनबीच आगामी मे ७ मा दोस्रो चरणको मतदान हुनेछ ।

पहिलो चरणको मतदानमा म्याकरोनले २३ दशमलव ७ प्रतिशत र पेनले २१ दशमलव ७ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । नयाँ राष्ट्रपतिका लागि पहिलो चरणमा ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

अधिकांश उम्मेदवारले युरोप, आप्रवासन, अर्थतन्त्र तथा फ्रान्सको पहिचानका विषयलाई अफ्नो एजेन्डा बनाएका छन् । अलोकप्रियताका कारण वर्तमान राष्ट्रपति फ्रान्वाँ ओलान्दले भने उम्मेदवारी दिनु भएको छैन ।

यसमा तपाइको मत

अन्य समाचार