संसदमा आज संविधान संशोधन विधेयक अघि बढ्ने


काठमाडौ ११ वैशाख ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो बस्ने बैठकमा सरकारले यसअघि नै दर्ता गराएको संविधान संशोधन विधेयक सदनमा पेश गर्ने तयारी भएको छ ।

संविधान संशोधन प्रक्रियामा लाग्ने समय बचत गर्न सरकारले पुरानै विधेयक पेश गर्ने तयारी गरेको संसद सचिवालयले जनाएको छ । मोर्चाको मागलाई भने संसदीय प्रक्रियामा हुने संशोधनका क्रममा समावेश गरिने जनाइएको छ ।

सरकार र मधेशकेन्द्रित दलबीच भएको सहमति अनुसार नयाँ विधेयक ल्याउदा संशोधन प्रक्रिया लम्बिने संवैधानिक बाध्यताका कारण फास्ट ट्रयाक मार्फत यसअघि कै विधेयक सदनमा पेश गर्न लागेको हो ।

सरकार र मधेशकेन्द्रित दलहरुबीच स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै फास्ट ट्रयाक मार्फत संविधान संशोधन गर्ने सहमति भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार