आज लोकतन्त्र दिवस, मुलुकमा लोकत्नत्र स्थापना भएको ११ वर्ष पूरा


काठमाडौ ११ वैशाख ।
आज लोकतन्त्र दिवस, मुलकमा लोकतन्त्र बहाली भएको आज ११ वर्ष पूरा भएको छ । मुलुकमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमको आयेजना गरिदैछ ।

माओवादीको दश वर्षे शसस्त्र जनयुद्ध तथा २०६२÷६३ को जनआन्दोलनको दवावमा तत्कालिन राजा ज्ञानेन्द्रले आज कै दिन निलम्बित संसद् पुनःस्थापना गरेपछि मुलुकमा लोतन्त्रको उदय भएको थियो ।

त्यसपछि पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकार समेत प्रधानमन्त्रीलाई दिएको थियो ।

आन्दोलनमा कमाण्डर नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन गराएको थियो ।

संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र बनाएको थियो ।

मुलुकमा लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भएपनि जनभावना अनुसार परिवर्तन अझै संस्थागत हुन नसकेको भन्दै दलहरुको आलोचना हुँदै आएको छ ।

परिवर्तनलाई संस्थागत गर्ने र ब्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा जनताको सपना अझै साकार हुन सकेका छैनन् ।

यसमा तपाइको मत

अन्य समाचार