फ्रान्समा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुदै


एजेन्सी १० वैशाख ।  

फ्रान्समा नयाँ राष्ट्रपतिका लागि आज पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

नयाँ राष्ट्रपतिका लागि ११ जना चुनावी प्रतिस्पर्धामा रहेपनि ५ जनाबीच मुख्य भिडन्त हुने अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

विदेशमा रहेका १० लाख भन्दा बढी फ्रान्सेली नागरिकले पनि राष्ट्रपति निर्वाचनमा भाग लिन पाउनेछन् । पहिलो चरणमा सर्वाधिक मत प्राप्त गर्ने दुई उम्मेदवार बीच दोस्रोे चरणको मतदान प्रक्रियाबाट राष्ट्रपति चयन गरिन्छ ।

निर्वाचनमा नेशनल फ्रन्ट पार्टीकी इमानुयल मेक्रो, रिपब्लिकन्स पार्टीका फ्राँन्स्वा फियो , फ्रान्स इन्सोमाईज पार्टीका जा लुक मेलासो र सोसलिष्ट पार्टीका बेनवा एमो वीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।

तीन दिन अघि राजधानी पेरिसमा एक प्रहरी अधिकारीको गोली हानी हत्या भएको घटना पछि सुरक्षा सर्तकर्ता बढाईएको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार