डीपीएल क्रिकेटः उपाधिका लागि धनगढी र बिराटनगर भिड्दै


काठमाडौ ९ वैशाख ।
धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनल भिडान्त आज हुदैछ । उपाधिका लागि आज घरेलु टोली धनगढी टिम चौराहा र बिराटनगर किङ्सबी प्रतिस्पर्धा हृुदैछ ।

समुह चरणदेखीनै सन्तुलित प्रदर्शन गर्दै आएको शरद भेषावकर नेतृत्वको बिराटनगर र शनशनीपुर्ण रुपमा फाइनल आइपुगेको पारस खड्काको धनगढी दुबैले क्वालिफायर खेलमा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै उपाधी भिडन्त पक्का गरेका हुन् ।

पछिल्ला खेलहरुमा लयमा देखिएको धनगढी सोही लयलाइ कायम राख्दै उपाधी जित्ने दाउमा छ । तर धेरै हदसम्म कप्तान पारस खड्काको प्रदर्शनमा निर्भर धनगढीलाई सन्तुलित देखिएको शरद भेषावकरको बिराटनगर किङ्सलाई हराउन त्यति सजिलो हुने छैन ।

यसअघी भएका घरेलु प्रतियोगिताहरुमा पनी सफल कप्तानी गर्दै आफ्नो टोलीलाई उपाधी जिताएका शरद अहिले सम्मकै सबै भन्दा ठुलो घरेलु प्रतियोगितामा पनी त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छन् ।

यसमा तपाइको मत

अन्य समाचार