एस.एन.बि म्युजिकले ल्यायो सत्य घटनामा आधारित “टुहुरी” (भिडियो सहित)


राजु बोहरा–काठमाडौँ । मान्छे जन्मिए पछी मृत्यु निश्चित छ , यदि मानिसको जिबन अजम्बरी हुन्थ्यो भने खुसिको सिमा रहँदैन थियो होला । फरक यति हो कि यहाँ मानिसको मुल्यांकन मात्र फरक-फरक हुने गर्दछ , कोहि भन्छन राम्रो लाई नै छानी छानी लग्यो यो पापी दैबले , कोहि भन्छन नमर्नु पर्ने मान्छे अल्पायुमा नै धर्ति छोडेर गयो , तर के गर्ने संसारको रित नै यस्तै छ , जन्मे पछी मर्नु पर्ने ! मन बुझाउनु बाहेक केहि हुँदैन ……………  यहाँ यस्तै पेरिफेरिमा रहेर एक गीत बजारमा आएको छ । यहि आउँदो बैशाख १३ गते मातातिर्थ औंसी आउदैछ , सोहि दिनलाई केन्द्रत गर्दै एस.एन.बि म्युजिक प्रालिले यथार्थ घटनामा आधारित “टुहुरी” बोलको गीतलाई बजारमा ल्याएको हो । प्रस्तुत यस गीत समय अनुकुल मिलाएर बजारमा पठाईएको हुनाले यो एस.एन.बि म्युजिक प्रालिका सम्बधित श्रष्ठा सर्जकको यथार्थ मात्र नभई आम जनमानसको यथार्थता यस गीतले बोलेको छ । किन मान्छेले नचाहेर पनि आफ्नो ममतामयी आमाको काखबाट अलग्गिनु परेको पिंडा दायिक भाव यस गीतले बोलेको छ ।

गीतलाई चर्चित गायक बिमल डाँगीले आफ्नो कर्णप्रिय स्वर मार्फत जिबन्तता दिने प्रयास गरेका छन् भने अझै सर्जक सन्तोष बानियाले आफ्नो कलमले कोरेका यथार्थतालाई प्रस्तुत गरेर आम नेपालीहरुको आँखामा आँशुको मूल फुटाउने प्रयत्न गरेका छन् । कलाकारले समाजको यथार्थता बोल्ने त्यस भित्र कति आफ्नै बेदना पोखिएका होलान् तर यस गीत प्रस्तुत गरेर सम्पूर्ण नेपालीहरुको मनलाई क्षतबिक्षत गराउने मेरो सोच होइन भन्दै कसै प्रति गहिरो पिंडा पर्न गएमा म हृदय देखि क्षेमा चाहन्छु , सर्जक सन्तोसले संगीत सरोबर डट कम संग , यो खबर सबै माझ पुर्याइदिनका लागि आग्रह गरेका छन् । निकै पिंडादायिक ढंगले तयार भएको यस गीतमा रश्मि भट्ट र बुद्धबीर थापाले आफ्नो अभिनय मार्फत अशंख्य श्रोता तथा दर्शकहरुको मनछुने प्रयास गरेका छन् । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन मिलन बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

यसमा तपाइको मत

अन्य समाचार