मोडल देबेन्द्र क्षेत्री र रुपा कंडेलको सम्बन्धले फरक मोड लियो ( भिडियो सहित )


राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिक गीतको अभाब हुँदै गहिरहेको अवस्थामा क्रमस मौलिक लोक गीत पस्किंदै देशको मौलिकता लाई यथास्थितिमा राख्नको निमित्त बिन्ध्यबासिनी म्युजिक प्रालिले फेरी अर्को मौलिक लोक गीत ” भीरको मौरी ” बजारमा ल्याएको छ । जवानीको आबेगमा आएर कहिले कहीं सोच्दै नसोचेको क्षेणको पनि सामना गर्नु पर्दो रहेछ । गाउँको एक लक्का जवान एक युवती संग प्रेम गर्न पुग्छ र त्यो सम्बन्ध भित्र संगै जिउने संगै मर्ने बाचा बन्धन गर्दै माया प्रीतिको नाम मा सारीरिक सम्बन्ध पनि राख्न पुग्छ तर उस्की प्रेमिका दुई जिउकी भएपछी उस्लाई त्यो सम्बन्ध स्वीकार योग्य हुँदैन , अनि सुरु , हुन्छ यस गीतको कथा …………………… यस कथाका काल्पनिक पात्र अहिलेका बिभिन्न गीत संगीतको म्युजिक भिडियो बाट ख्याती कमाएका मोडल देबेन्द्र क्षेत्री रहेका छन् , देबेन्द्रलाई रुपा कंडेलले साथ दिएकी छिन् । देबेन्द्रले रुपलाई नाजायज सम्बन्ध राखी दुई जिउको बनाएर धोका दिएको कथा यस गीतको म्युजिक भिडियोमा देखाउन खोजिएको छ । यो पनि हाम्रो समाज भित्र घटिरहने घटना हो । प्रस्तुत गितका लय शब्द सिर्जना गर्न कलाकार हुन् बिमल डाँगी , उनि अहिले अमेरिकामा रहेर नेपाली गीत संगीतको संरक्षण गरिरहेका छन् भने काब्य आचार्यको सुमधुर स्वर लहरिले पनि यस गीतलाई जिबन्त बनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

यसमा तपाइको मत

अन्य समाचार