” अशंख्य दर्शकको रोजाई बनेको चलचित्र ” प्रतिबिम्ब ” युट्युबमा सार्बजनिक “


राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले आफ्नो सम्पूर्ण कपि राइट्स सर्वअधिकार सहित the laphaa arts international pvt .ltd  को ब्यानरमा ज्ञानु थापा के बि राना , नेत्र थापा , चन्द्र ज्योति आले , अनिता राना , छक्कु उदासी र गोमा पुन
द्वारा निर्मित भएको नेपाली मौलिक कथा वस्तुमा आधारित चलचित्र प्रतिबिम्बलाई आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।
बिशेस गरी मगर समुदाय भित्रको मौलिक कथा वस्तुमा आधारित यस चलचित्रमा कुमार राना , मन्सुदन थापा , पवित्रा सारु , कमला पुन आदि कलाकार हरुको शसक्त अभिनय रहेको छ ।
नेपाली चलचित्रको क्षेत्रमा बिगतलाई फर्केर हेर्ने हो भने , चलचित्र प्रदशनमा आइसकेपछि परिवारका सबै सदस्य कुनै पनि चलचित्र घरमा गएर चलचित्र हेर्ने एक आपसमा सरसल्लाह हुन्थ्यो , तर अहिलेका नेपाली चलचित्रहरु मात्र युवा वर्ग लक्षित भैदिंदा आफुलाई मन पर्ने चलचित्र हेर्न लुकिछिपी सिनेमा घर मुग्नु पर्ने बाध्यता सृजित भएको छ ।
यसको कारण भनेको चलचित्रमा समाबेस भएका अपाच्य संवाद र एउटै परिवारका सबै सदस्य संगै रहेर हेर्न नमिल्ने दृष्य समाबेस गर्ने प्रतिस्पर्दा भएर पनि हो । हामी चलचित्र प्रेमी दर्शकहरुले पनि मौलिक कथा वस्तुमा आधारित चलचित्र हेर्नमा नाक खुम्च्याउछौं , अनि कुनै बिदेशी चलचित्र जुन हाम्रो रहन सहन बाट अलग छन् त्यस्ता चलचित्रलाई पहिलो प्राथमिकता राख्ने परिपाटीले पनि चलचित्र निर्माताहरुको तर्फ बाट दर्शक लक्षित खुराक पस्किन परेको आम बुद्धिजीबी वर्गहरुले स्वीकार्न पर्छ ।
यसो भन्दैमा नेपाली चलचित्र हरुले आफ्नो पुरै सिमा नाघे भन्ने स्थिति पनि छैन , थुप्रै चलचित्रहरु छन् , जुन चलचित्रहरुले आफ्नै समाजको यथार्थता बोकेका छन् , ति चलचित्रहरुले आफ्नै कला संस्कृति अनि मौलिक परम्पराको जगेर्ना पनि गरेका छन् ।
यस्तै विभिन्न मौलिक कथावस्तु आधारित हुँदै सार्बजनिक भएको , पृथक कथावस्तु समाबेस भएको नेपाली चलचित्र प्रतिबिम्ब गत श्रावण २१ गते बाट देश भरका सिनेमा घरमा प्रदशन मा आएको थियो ।
चलचित्रमा अभिनित अधिकांस कलाकारहरु मगर समुदाय भित्रकै हुनाले हामीले प्रस्ट बुझ्न सक्छौं कि यस चलचित्रले बिसुद्ध त्यहि समुदायको रहन सहन र वास्तविकता बोलेको छ । चलचित्रलाई किसोर रानाले निर्देशन गरेका छन् भने द्वन्द निर्देशन शंकर महर्जनको रहेको छ ।

चलचित्र ” प्रतिबिम्ब ” हेर्न तल क्लिक गर्नु होला ।

यसमा तपाइको मत

अन्य समाचार