केशर लामाको लयमा ” टाढा भयौ अब त खुसि मनाउनु ” बजारमा ( भिडियो सहित )


राजु बोहरा–काठमाडौँ । दोलखा जिलाको लामबगरमा जन्मिएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा प्रबेस गरेका केशर लामाको लय सृजनामा एक गीतलाई हालै आशिस म्युजिक प्रालिले सार्बजनिक गरेको छ । ओङबु शेर्पा र याङजी शेर्पाको प्रस्तुतिमा रहेको ” टाढा भयौ अब त खुसि मनाउनु ” बोलको गीतमा मुना थापा र ओङबु  शेर्पाको सुमधुर स्वर सजिएको छ भने केशरको लयलाई कर्मा शेर्पाको उत्कृष्ट शब्द सृजनाले थप मनमोहक बनाएको छ । आज अचानक उनलाई सम्झिएँ बोलको गीत बाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका केशर लामाले अहिले सम्म सय भन्दा बढी गीतको सिर्जना गरिसकेका छन् भने केहि गीतमा उनि स्वयंले स्वर पनि भरि सकेका छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने उनले बाँकि जीवनका रंगहरु यसै क्षेत्रमा समर्पित गर्दै नेपाली गीत संगीतको क्षेत्रलाई धनि बनाउने उदेस्यका साथ अगी बढ्ने प्रण गरेका छन् । ” टाढा भयौ अब त  खुसि मनाउनु ” बोलको गीतको म्युजिक भिडियो पनि गीतको भाव अनुसार निकै उत्कृष्ट बनेको छ । उक्त गीतको म्युजिक भिडियोमा हरी रिजाल र आरुशी मगरको मन छुने अभिनय रहेको छ भने यस गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । बि स्टार फिल्म्स प्रालिले निर्माण गरेको भिडियोलाई छायांकन मुकेश हुमागाईंले गरेका हुन् भने सम्पादन मिलन बि.क को रहेको छ । हामी रेडियो मिर्मिरे डट कम डट एन पी को तर्फ बाट यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफल सांगीतिक यात्राको सुभकामना ब्यक्त गर्दछौँ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

यसमा तपाइको मत

अन्य समाचार