चितवनमा फेरि पनि डेङ्गुको संक्रमण


काठमान्डौ ।
चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । गत एक महिनामा २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले दिएको जानकारी अनुसार १ सय ५० जनाको रगत परीक्षणमा २१ जनामा डेङ्गु पाइएको हो ।

वैशाख देखि साउनसम्म डेङ्गु नदेखिए तापनि भदौको पहिलो सातादेखि असोजको अहिलेसम्म २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको र त्यसमा ११ जना महिला रहेको जनस्वास्थय कार्यालय चितवनले जनाएको छ । पुष्टि भएकामा दुई जना बाहिरी जिल्लाका रहेका छन् ।

जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले सङक्रमित मध्ये १२ जना रत्ननगरका बिरामी फेला परेको जानकारी दिनु भएको छ ।

डेङ्गु रोगको सङ्क्रमण बढ्ने आशङ्कामा अहिले निःशुल्क परीक्षणका लागि सरकारले भरतपुर अस्पताललाई ५० वटा डेङ्गु कीट उपलब्ध गराएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत चितवनमा डेङ्गुको निःशुल्क परीक्षणका लागि ५० वटा कीट उपलब्ध गराइएको हो ।

विसं २०६७ मा चितवनमा महामारीको रुपमा फैलिँदा डेङ्गु रोगका कारण पाँच जनाको मृत्यु भएको थियो भने ७ सय ३९ जना बिरामी भएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार