ईपीएल क्रिकेटमा वारियर्स र पञ्चकन्या तेजको जित


काठमाण्डौ ,१२ असोज ।

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा विशाल वारियर्सले जगदम्बा राइनोजलाई ७ विकेटले पराजित गरेको छ ।

जगदम्बाको ११४ रनको लक्ष्य विशाल वारियर्सले १३.३ ओभरमा ११७ रन बनाउँदै पुरा गरेको हो । जितसँगै विशाल वारियर्स अंक तालिका दोस्रो स्थानमा छ ।

जगदम्बा राइनोजले १६ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाई ११०रन बनायो,डकवर्थ लुइस पद्धतिमा विशाल वारियर्सले ११४रनको लक्ष्य पाएको थियो । विशाल वारियर्सका लागि कप्तान पारसले अर्धसतक पुरा गरेका थिए ।

यस्तै आजै भएको पहिलो खेलमा कान्तिपुर गोर्खाजलाई ३४ रनले पराजित गर्दै पञ्चकन्या तेज विजयी भएको छ ।

आजको हारसँगै चार खेलबाट ३ अंकमात्र जोडेको कान्तिपुरको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ । लगातार तीन खेलमा विजयी पञ्चकन्या भने ६ अंकमा शीर्ष स्थानमा छ ।

त्रिबि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा पञ्चकन्याले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कान्तिपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९५ रनमात्र जोड्न सक्यो ।

उसका लागि सन्दिप झोराले नटआउट सर्वा्धिक १७ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ४ र करण केसीले २ विकेट लिएपछि कान्तिपुर सस्तैमा समेटियो ।

जवाफि ब्याट्ङि गरेको पञ्चकन्याले पुरै ओभर खेल्दै ८ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । उसका लागि पुष्प थापाले नटआउट रहँदै ३८ र आरिफ शेखले ३२ रन बनाए ।

लिग चरणको अन्तिम खेलमा कान्तिपुरले भोली कलर्श एक्स फ्याटर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार