ओली र चिनियाँ राजदूतबीच भेटवार्ता


२१ भक्तपुर, साउन ।

नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा भएको भेटमा ओलीले आफ्नो कार्यकालमा नेपाल र चीनबीच पारवहन तथा यातायात लगायतका ऐतिहासिक सम्झौता भएकोमा सन्तोष लागेको बताउनु भएको थियो ।

नेपालको विकासमा दुबै छिमेकी चीन र भारतलाई उत्तिकै महत्वका साथ सहभागि हुन आग्रह गरिएको र सन्तुलनका आधारमा वैदेशिक सम्बन्ध अघि बढाएको उहाको भनाई छ ।
चिनियाँ राजदूतले ओली नेतृत्वको सरकारका पालामा भएका दिर्घकालीन हितका बिषयमा भएका महत्वपूर्ण सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालको विकासमा चिनियाँ लगानी र सहयोगलाई द्धिपक्षीय समझदारीमा अघि बढाइएको र त्यसका सकारात्मक परिणामहरु आइरहेको राजदूतको भनाई थियो ।

आजै नेपालका लागि बेलायती राजदुत रिचार्ड मोरिसले पनि एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार