केसी समर्थक चिकित्सकद्वारा टिचिङको ओपीडी सेवा बहिष्कार


काठमाडौ, ४ साउन ।
चिकित्सा शिक्षा क्षेत्रमा देखिएको बेथिति समाधानको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले आजदेखि अस्पतालको ओपिडि सेवा बहिष्कार गरेका छन् ।

अनशन सुरु भएको ९ दिन भइसक्दा पनि डा केसीको माग पूरा गर्न सरकार संवेदनशी नदेखिएको भन्दै रेजिडेन्ट चिकित्सकहरुले ओपिडी सेवा बहिस्कार गरेका हुन् ।

ओपिडी सेवा बहिस्कार गरेपछि अस्पतालको सेवा प्रभावित भएको छ । शिक्षण अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएका छन् ।

रेजिडेन्ट चिकित्सकले सेवा बहिस्कार गरेपछि विशेषज्ञ चिकित्सकहरुले मात्र बिरामीलाई सेवा दिन कठिन हुने भन्दै अस्पताल प्रशासनले चिन्ता व्यक्त गरेको छ ।

यसैबीच अनशनरत डा. केसीको समर्थनमा आजबाट वीरअस्पतालका रेजिडेन्ट चिकित्सक समेत विरोधमा उत्रिएका छन् । डा. केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिन भन्दै उनीहरुले आजबाट हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।

यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानले पनि केसीको अनशनमा ऐक्यवद्धता जनाउदै विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार