बारुदको धुवामा मिश्रीत नभएको मेरो अतित


समयले पनि किन यसरि रुवाउदो रहेछ ? दुखिया र भुखियाहरुलाई आज ११ बसन्त पुरा भएछ । उनको यादले स्पन्दका कुना छिया–छिया पार्न थालेको ।

बोलाउदा अ‍ोय रितु…भनेको शब्द नसुनेको पनि कतिका बर्ष गएछन, कुनै बेला बम बारुदको धँुवाभित्र हाम्रो प्रेमको सानो कापिला फुलाउने रहरमा थियौ ।

बर्षभरी सेताम्य देखिने त्यो भद्र सालीन र गौरवपुर्ण श्रृखला धौलागिरीको फेदिमा हामी राता गोली र संगिनका विरुद्ध धावा बोल्ने न्यास्रो रातिमा फुस्रो विजयको आडम्बर बोकेर बसेका हुन्थ्यौं । समयको बहकाई पनि आफ्नै पाराको हुन्छ ।

विचारमा एकता र भावनामा सालिनता भए सायद जिवन संगै जिउने निर्णय लिन कति नै पो गाह्रो हुथ्यो र ? केहि समयको प्रेमपछि हाम्रो जनबादी विवाह सम्पन्न भयो र हामी जिन्दगीका धेरै चुनौतीसंगै सम्हालिन थाल्यौं ।

अत्याधिक पिडा र वेदनाका बाबजुद पनि हामी हासी र खुसीका साथ रमाएकै थियौं । मेरो घर सेति अञ्चलमा पथ्र्यो । म पार्टीको कामको सिलसिलामा सेति पुग्न नपाउदै मैले अधुरो र अपुरो जस्तै लाग्ने एउटा खबर सुने । सायद त्यो मेरो जिवनकै सबेभन्दा ठुलो बज्रपातको खबर थियो….. निश्चल…..निश्चल.. । निश्चल गस्तिमा आएको सेनाको गोलीबाट मारियो रे… म वेहोस भए । जब केहि समयपछि होसमा आए आफुलाई जंगल नजिकै रहेको एउटा सानो गोठभित्र पाए ।

अब मेरो लागि यो संसारमा अरु को नै थियो र ? जसलाई हेरेर मेरो भावनाको बाढि शान्त हुन्थ्यो । समय न हो छातिमाथी ढुंगा राखेर भएपनि मैले बाच्नै पथ्र्यो । शहरमा आन्दोलन चल्यो । शमन्तीपुर्ण आन्दोलन मा सबै थिए । म पनि गए अर्धमुर्छित अनुहार लिएर ।

निश्चलको घर गए , अरु बाकि नै के थियो र तै पनि परेलीमा रहेका अलिकति आशु पनि सकिएछन । निश्चलको न्यानो मायाको चिनो मेरो पेटमा हुर्किदै थियो । बेदना, माया अनि घ्रिणका सबै छेस्काहरुले भरिपुर्ण जिन्दगी गन्तब्य विहीन नै थिउँ ।

हरेक रितु र बसन्तहरुका पालुवाबाट फुलहरुसंगै रुदै विलाए । अतित ढल्किदा ढल्किदै छोरी पुजा आज ११ बसन्तमा पुगिसकी । बाबा आउने आशामा उसका ११ ओटा वसन्त कटिसके । कहिले बर्दाली कुरेर बस्छे, कहिले बिसउनीमा कुरेर । भगवानसंग बाबाको भिक माग्न लागेको पनि यतिका बर्ष वित्यो । निश्चल तिमी मेरो आखाँका आँशुमा वाहेक कहिल्यै आएनौ ।

निश्चल तिमीलाई थाहा छ ? हामीले कल्पना गरेजस्तै छे हाम्री कल्पना । मैलै तिमीले नै भनेको नाम राखेकी छु । उसको तिहार आउदा तिम्रो प्रतिक्षामा बस्छे । बाबाको घर जून मामाको गाउमा छ भनेर ढाटेकी थिए । अब त हैन हाम्रो बाबा नै हुनुहुन्न भन्छे ।

निश्चल तिमीलाई मेरो एउटै माग छ , एक दिन आउ न यार सपनीमा । तिमिले धर्ती छोड्दा तिम्रो लास त छुन पाइन् । तर सपनीमा तिम्रो छातीमा टासिएर रुन मन छ ।

आउछौ है ? सुन न तर आशु लिएर आउनु । मेरो त सबै आशु सकियो यार । निश्चल हामी युद्धमा हजारौं सपनाका कुरा गथ्र्यौं नी हो अहिले केहि पनि पुरा भएको छैन ।

तिमी गएपछि संविधानसभाको निर्बाचन दुई चोटी भयो । हामीलाई सपना देखाउनेहरु कालो सिसा भएको कारमा हिडेको देख्छु तर हामीलाई कोहि चिन्दैनन यार ।

तर निश्चल मलाई चाहि नरिसाय है ? किनकी मैले तिम्रो एउटा सपना पुरा गरेकी छु । सपनालाई सडकमा गिट्टी बालुवा फुटाएर पालेकी छु ।

हामी आमा छोरी आरामै छौं । निश्चल यो पत्र लेख्दाको मितिसम्म सायद समले हाम्रो मर्का बुझेछ भने म छिट्टै आउनेछु तिम्रो न्यानो स्पर्शमा …….
तिम्री रितु…. सेति दोभान सेति …. ।

जिन्दगी सायद नबाचेको भए यी अनगिन्ती चोटहरु संगाल्ने मौका मलाई पनि अदृश्य भनिने भगवानले पनि दिदैनथिए होला । हरपल हर क्षण घुम्तिहरुमा किन त्यो तस्वीर नयन भरि आँशु झै टिलपलि गर्दै छल्कि रहन्छ ? विधिको विधान हो की विडम्बनाको खेल ? कर्मको लेखा हो की भाविनीको भुल ?साभार :मिर्मिरे अनलाईन

यसमा तपाइको मत

अन्य समाचार