नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल खेल्दै


 काठमाडौं ,३० असार ।
बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज आफ्नो दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले स्थानिय जिमखाना क्रिकेट क्लबसँग नेपाली समयअनुसार राती पौने १० बजे प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफ्नो पहिलो अभ्यास खेलमा हिजो फ्रि–फोरेष्टर क्रिकेट क्लबलाई १ सय २९ रनले हराएको थियो ।

२ सय ३६ रनको लक्ष्य पछ्याएको फ्रि फोरेष्टरलाई नेपालले २९ दशमलब १ ओभरमा १ सय ६ रनमा अलआउट गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार