काठमाण्डौ महानगरमा बर्षदिनमा ४४ सय बच्चा जन्मिए


काठमाडौं ,३० असार ।

काठमाडौं महानगरपालिकामा बितेको आर्थिक वर्षमा ४४ सय ४६ बालबालिकाको जन्म दर्ता भएको छ ।

महानगरले आज सार्वजनिक गरेको आफ्नो वार्षिक घटना दर्ताको विवरणमा जन्मदर्ता हुनेमध्ये बालकको संख्या २६ सय ९२ र बालिकाको संख्या १७ सय ५४ रहेको छ ।

गत बैशाखदेखि चैतमान्तसम्मको घटना दर्ता विवरण अनुसार एकवर्षको बीचमा २२ सय १९ जोडीले विबाहदर्ता गरेका छन् ।

यस्तै १२ सय ६६ जनाको मृत्युुदर्ता भएको छ । जसमध्ये मृत्यु दर्ता गर्नेहरुमा ७ सय ४७ पुरुष र ४७९ महिला रहेको छ ।

एकवर्षमा ६ सय ९० परिवारले बसाइसराइ दर्ता गराएका छन् । यसैगरी १३ जोडीले सम्बन्ध बिच्छेदको प्रमाणपत्र लिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार