आईएसका वरिष्ठ नेता शिशानी मारिएको पुष्टी


एजेन्सी ,३० असार ।
चरमपन्थी संगठन स्लामिक स्टेटले आफ्ना एक वरिष्ठ शैन्य कमाण्डर ओमर शिशानी मारिएको पुष्ठी गरेको छ ।

आईएस समर्थीत मानिने समाचार सस्था अमाकका अनुसार ईराकको शिरकत सहरमा भएको हमलामा शिशानी मारिएको पुष्ठी गरिएको हो ।

आईएसका प्रमुख अबु बक्र अल बग्दादीको नजिक मानिने शिशानीको वास्तविक नाम तरखाना बतिराश्विली रहेको जनाईएको छ ।

ओमार अफ चेचेनको नामबाट चर्चित शिशानी रुस बिरुद्ध भएको कार्वाहिका क्रममा सामेल भएको र युद्धको अनुभवी रहेको संगठनले जनाएको छ ।

अमेरीकाको रक्षा मुख्यालय पेन्टागनले भने उनलाई आईएसका युद्ध मन्त्रीको संज्ञा दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार